बनेपामा कोभिड अस्पताल सञ्चालन हुने

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० जनगालमा कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । नगरपालिकाले अस्पतालसंँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ ।
नगरपालिकाबाट १५ शैयाको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शैयाको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको शैया हुने छ ।
नगरपालिका र अस्पताल प्रशासनबीच आठबुँदे सम्झौता गरी शुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए । रासस
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया