रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौँ- डेंगु रोगको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
डेंगु एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीका रूप लिएको खण्डमा धनजनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम सुरु हुनु अगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि श्रेष्ठले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई डेंगु जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्व तयारी गर्नुपर्ने लगायतका विषय समावेश गरी संकल्प प्रस्ताव दर्ता गरिएको श्रेष्ठले जानकारी दिए । उनले रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यका लागि जनस्वास्थ्य निरीक्षकहरूलाई देशभर परिचालन गर्ने, गरिब विपन्न र पिछडिएको समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताए ।
उनले उपचारका लागि विद्यमान अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्ने, रोग नियन्त्रणका स्थानीय तहहरूलाई उनीहरूको उत्तरदायित्व र जिम्मेवारी बाेध गराउने कार्यक्रम ल्याउन माग गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया