फिल्म ‘बार्बी’का कारण बजारमा गुलाबी रङको हाहाकार

लसएन्जल्स - ग्रेटा जेरविगको नयाँ फिल्म ‘बार्बी’का कारण बजारमा रङको अभाव भएको छ । निर्देशक जेरविगले सुटिङ हुने सारा ठाउँलाई गुलाबी बनाउनु पर्ने भएपछि धेरै रङ लागेको र बजारमा नै रङको अभाव भएको बताएकी हुन् ।
‘गुलाबी रङ पनि चम्किलो होस् भन्नका लागि थप रङको प्रयोग गरियो । यही कारण पनि रङको हाहाकार भयो,’ जेरविगको भनाइ छ । बार्बी खेलौनाको प्रेरणामा बनेको फिल्ममा मार्गोट रोबीले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा दुई दर्जन बढी नाम चलेका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा रायन गोसलिङ पनि मुख्य भूमिकामा रहेका छन् ।
२० भन्दा ज्यादा गीत रहेको फिल्म जुलाई २१ मा विश्वव्यापी रिलिज हुँदैछ । यो फिल्ममा धेरै कलाकारको अभिनय रहेको देखेर जेरविगका कारण हलिउडमा कलाकारको पनि खडेरी लागेको जस्ता जोक बनेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया