रियलमी नार्जो एन–५५ र एन–५३ सार्वजनिक

काठमाडौँ– टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ता अर्थात् जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुई वटा स्मार्टफोन मोडलहरू नार्जो एन–५५ र नार्जो एन–५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असीमित सम्भावनाहरू जनाउँछ ।
कटिङ एज फिचरहरू, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरूले नेपाली नयाँँ पुस्ताको मन जित्ने विश्वास गरिएको छ ।
लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी नार्जो एन–५५ र एन–५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ ।’
उनका अनुसार नार्जो एन–५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर हो । फोन जति स्लिम छ त्यति नै शक्तिशाली छ ।
अर्कोतर्फ, रियलमी नार्जो एन–५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शानदार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।
यी दुई स्मार्टफोनहरूले आकर्षक फिचरहरू मात्र नभएर सुपथ मूल्यमा नवीनतम् प्रविधि प्रदान गर्ने रियलमीको प्रतिवद्धतालाई पनि मूर्त रूप दिने बताइएको छ ।
नार्जो एन ५३ स्लिम एन्ट्री लेभल अल राउन्डर
७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन–५३ स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ । रियलमीको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । यसको मतलब हो, फोनमा भएको ६ जिबि र्यामलाई अर्को ६ जिबिसम्म बढाउन मिल्छ ।
सुन्दर क्यालिफोर्निया सनशाइन डिजाइनमा बनाइएका यी फोनहरूले युवाहरूको चञ्चल र हँसिलो व्यक्तित्वलाई प्रतिनिधित्व गर्दछ ।
रियलमी नार्जो एन–५५ एन–३३बाट फास्ट चार्जिङ सहितको नेक्स्ट जेन पावर हाउस
नार्जो एन–५५ नयाँँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइ क्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबिसम्मको डाइनामिक र्याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरूले फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरूको तुलनामा एक कदम अगाडि बनाएको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया