मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

दाङ - दाङमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक घोराही उपमहानगरपालिका-५ बस्ने किरण रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका रोकाको स्वास्थ्य चौकी सिसहनियामा उपचारका क्रममा दिउँसो करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरूमा अटोमा सवार घोराही १८ मसिना बस्ने ५२ वर्षीया डिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ वसन्तपुर बस्ने ३३ वर्षीय दोर्णबहादुर चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका ३० वर्षीय सुन्दरप्रसाद चौधरी रहेको जिप्रका दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
घाइते चौधरी दुवै जनालाई थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको छ । घाइते बादीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।
आइतबार दिउँसो करिब साढे १ बजेतिर राप्ती गाउँपालिका-४ श्रीनारायण चोकस्थित पूर्वपश्चिम राजमार्ग घोराहीबाट भालुबाङतर्फ जाँदै गरेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो आपसमा ठोक्किएका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया