थ्री स्टार क्लबका दुई खेलाडी अस्ट्रेलिया प्रस्थान

काठमाडौँ- थप दुई नेपाली फुटबल खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा थ्री स्टार फुटबल क्लबबाट खेल्ने अश्विन भट्टराई तथा प्रदिप लम्साल सोमबार अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।
अश्विन र प्रदिप दुबैले नेपाली टिमको उमेर समूहबाट खेलिसकेका छन् । प्रदिपले नेपालको यू-१६ टिमको कप्तानको रुपमा समेत खेलिसकेका छन् ।
दुबैजनाले अस्ट्रेलियाको मेलवर्नमा रहेको स्थानीय सामुदायिक क्लबबाट खेल्नेछन् ।
पछिल्लो समय एकपछि अर्को गर्दै दर्जनौ फुटबल खेलाडीहरु अस्ट्रेलिया प्रस्थान गरिसकेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया