इराकको फुटबल विकासका लागि स्पेनिस ला लिगाले सहयोग गर्ने

काठमाडौँ- एसियाली मुलुक इराकको फुटबल विकासमा स्पेनिस ला लिगाले सहयोग गर्ने भएको छ । यसका लागि इराकी फुटबल एसोसियसन (आईएफए) ले स्पेनिस नेसनल प्रोफेसनल फुटबल लिग (ला लिगा) बीच सम्झौता भएको सिन्ह्वाले जनाएको छ ।
इराकी प्रधानमन्त्री मोहम्मद शिया’ अल-सुडानीको तत्वाधानमा आईएफएका अध्यक्ष अदनान दिरजल र ला लिगाका अध्यक्ष जाभियर टेबासले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ला लिगाले इराकी प्रोफेसनल लिग स्थापन तथा संचालनका लागि कार्यकारी निर्देशक खटाउने छ । त्यसैगरी, लिगका खेल संचालनका लागि इराकको एउटा समूहलाई ला लिगाले तालिम दिनेछ ।
त्यसबाहेक ला लिगाले इराकका प्रतिभावान खेलाडीको क्षमता विकासमा समेत सहयोग गर्नेछ । ला लिगाले इराकी प्रतिभावान खेलाडीलाई ट्रेनिङ सेन्टरमा अभ्यासको अवसर प्रदान गर्नुका साथै प्रशिक्षक तथा पदाधिकारीहरुलाई तालिम प्रदान गर्नेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया