लियोनल मेस्सीलाई बार्सिलोना फर्कन ला लिगाबाट 'ग्रीन लाइट'

काठमाडौंँ- अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीलाई स्पेनिस क्लब बार्सिलोनामा फर्काउन ला लिगाले बार्सिलोनाको व्यवहार्यता योजनालाई ग्रीन लाइट दिने भएको छ ।
ला लिगाले केही घण्टामा आधिकारिक निर्णय गर्ने, यद्यपि क्लबका स्रोतहरूले आजभित्र आउने सम्भावना बलियो रहेको रिलोभाका पत्रकार माटिओ मोरेटोले बताएका छन् ।
'लियो बार्सिलोना फर्कन चाहन्छ र म उसलाई बार्सिलोनामा फर्केको हेर्न चाहन्छु । बार्सिलोना फर्कनु निश्चित विकल्प हो,' मेस्सीका बुबा जर्ज मेस्सीले बताएका कुरा फाब्रिजिओ रोमानोले उल्लेख गरेको छन् ।
मेस्सीका बुबा जर्ज र बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाबीच आज लापोर्टाको घरमा भेटवार्ता भएको थियो । मेस्सीको क्याम्प र लापोर्टाबीचको भेट निकै सकारात्मक रहेकाे बताइएकाे छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया