संघीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

मोरङ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण’ कार्यक्रममा उनले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीको मनोबल उच्च भएको धारणा राखे ।
मुख्यमन्त्री कार्कीले पोर्टलमा कर्मचारीको व्यक्तिगत विवरण व्यवस्थित राख्ने एवं सेवापछि पाउनेपर्ने सम्पूर्ण विषयका अभिलेखीकरणबारे जानकारी दिए । उनले प्रदेशमा राष्ट्रिय किताब खानाको स्थापनाले संघीय संरचनाको कार्यान्वयनलाई बलियो बनाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले हस्तान्तरण भएको प्रादेशिक पोर्टललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि मुख्यमन्त्री कार्यालय तथा सम्बन्धित महाशाखालाई निर्देशन दिए ।
प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले प्रदेश पोर्टल संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो भएको धारणा राखे । राष्ट्रिय किताब खानाका उपनिर्देशक सुशीला अर्यालले पोर्टलले प्रदेशको जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखिन् । उपनिर्देशक अर्यालले मुख्यमन्त्री कार्यालयका सचिव माधवप्रसाद पोखरेललाई उक्त पोर्टल हस्तान्तरण गरेका थिए । रासस

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

प्रतिक्रिया