आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछः गभर्नर

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्नेगरी आउने बताए । उनले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको बताए । उनले मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक बिस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताए ।
उनले मौद्रिक नीतिको लागि राय सुझावहरु लिन शुरु गरिएको बताए । उनले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गरे । उनले सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाए ।
उनले भने, ‘सरकारले ल्याएको बजेटले जुन खालको लक्ष्य लिएको छ । ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने र राष्ट्र बैंकले ६.५ प्रतिशत राखेर आफ्नो मौद्रिक व्यवस्थापन गर्ने आकांक्षा राखेको छ । व्यवहारिक किसिमको लक्ष्यहरु राखेको छ । सरकारले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि राखे पनि यो वर्ष ६ प्रतिशत मात्रै राखिएको छ । ७.५ प्रतिशतको मूल्यवृद्धिसँग तुलना गर्दा ६ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राख्नु चुनौतीपूर्ण होला । तर अरु विभिन्न आधारहरू छन् । मूल्यवृद्धि माथि जाँदैनकी भन्ने कुरा आइरहेको छ । बजेटमा जुन आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्य छ । त्यसलाई परिपूर्ति गर्नेगरी राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको तयारी गरिरहेको छ आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्छौं । मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता के हो । मौद्रिक बिस्तार कति हुनुपर्ने हो । निजी क्षेत्रमा जानु पर्ने कर्जाका विषयलाई खाल गरेर मौद्रिक नीति तय हुनेछ । मौद्रिक नीतिको लागि आजदेखि नै रायसुझावहरु माग्न थालेका छौं ।’
गभर्नर अधिकारीले यो वर्ष राजश्वमा परेको दबाब न्युनिकरण गर्न धेरै काम भएको बताए । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताए । उनले बजेटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य भने पूरा हुने समस्या रहेको बताए ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया