एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक

क्यार्लिफोनिया- एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ ।
यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याकबुक हो । यसको गति इन्टेल आधारित म्याकबुक एयरभन्दा १२ गुणा बढी छ। एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ ।
एप्पलको विश्वव्यापी विकासकर्ता सम्मेलन जुन छ मा भारतीय समय अनुसार राति १०:३० बजे सुरु भएको थियो । साथै, एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ। कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ । एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ ।
यो इन्टेलमा आधारित म्याक प्रोभन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ, जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ। यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ।

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

प्रतिक्रिया