रियल मड्रिडका भिनिसियसविरुद्ध रंगभेदी नारा लगाउने सात जनालाई सजाय

काठमाडौँ- स्पेनिस ला लिग क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार गरेको आरोपमा सात जनालाई कारवाही गरिएको छ ।
चार जनालाई ६० हजार १ युरो जरिवाना गर्नुका साथै मड्रिडको अभ्यास स्थलमा भिनिसियसको पुत्ला फालेको आरोपमा दुई वर्षका लागि स्टेडियम प्रवेशमा रोक लगाइएको बीबीसीले जनाएको छ । स्पेनको स्टेट कमिसन अगेन्स्ट भाओलेन्स, रेसिज्म, जेनोफोविया एन्ड इन्टोलेरेन्स इन स्पोर्टसले उनीहरुलाई उक्त सजाय गरेको हो ।
करिब दुई साताअघि पक्राउ परेका ती चार जनालाई पक्राउ गरिए पनि मड्रिडको अदालतले जमानतमा रिहा गरेको थियो ।
यता अन्य तीन जनालाई ५ हजार युरो जरिवाना तथा एक वर्षका लागि मैदान प्रवेशमा रोक लगाइएको छ । उनीहरुले मे २१ मा भिनिसियसविरुद्ध रंगभेदी व्यवहार प्रस्तुत गरेका थिए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया