काठमाडौँ महानगरले भन्योः छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृति र अनुमति रद्द हुन्छ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउन सबै निजी विद्यालयलाई आग्रह गरेको छ । मंगलबार महानगरले नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
महानगरले जेठ २८ गतेसम्म छात्रवृत्ति गरेको विवरण बुझाउन पनि निर्देशन दिएको छ । उक्त दिनसम्ममा विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी दिएको छ ।
महानगरपालिकाले यसअघि गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया