सुर्खेतमा श्रद्धाञ्जली सभामा सहभागी भई खप्तड गए प्रधानमन्त्री प्रचण्ड

सुर्खेत- खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि आएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सुर्खेत पुगेका छन् । सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन प्रचण्ड सुर्खेत पुगेका हुन् ।
रक्षा मन्त्रीका भाइ एवं प्रदेश अस्पताल कालागाउँका निर्देशक डा. डम्बर खड्काकी पत्नी स्वर्गीय डा. सन्जु खड्काको सडक दुर्घटनामा परी ज्यान गएको थियो । सुर्खेत विमानस्थलमा ओर्ले लगत्तै प्रचण्ड उपप्रधान एवं रक्षामन्त्री खड्काको घर पुगेका छन् । प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी छन् ।
खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन् । योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया