सरकारले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नता गराएकाे विषयलाई गम्भीरतापूर्वक लिएका छौं : प्रदीप यादव

काठमाडौँ- सत्तारूढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिएको टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो प्रतिक्रिया दिएका हुन् ।
प्रमुख सचेतक यादवले सो विषयबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिनैपर्ने बताए । उनले अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलका क्रम सकिएपछि जवाफ दिने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने स्पष्ट पारे ।
प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने समेत बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया