'बुलाकी' निर्देशक लक्ष्मणको निर्देशनमा 'फनफनी'मा आर्यन

काठमाडौँ - बुलाकी निर्देशक लक्ष्मण सुनारको निर्देशनमा नयाँ सिनेमा 'फनफनी' निर्माण हुने भएको छ ।कमेडी तथा पारिवारिक कथामा निर्माण हुने सिनेमालाई हरिमल्ल ठकुरी र गणेश मल्ल ठकुरी मिलेर निर्माण गर्दैछन् ।
आगामी तिहारपछि फ्लोरमा जाने सिनेमामा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन् । बाँकी कलाकार छनोटको क्रममा रहेको निर्माण टिमले जनाएको छ । सिनेमाको सम्पूर्ण कलाकार / प्राविधिक फाइनल गरेर औपचारिक निर्माण घोषणाको तयारी भैरहेको निर्माण टिमले जनाएको छ ।
सिनेमाको छायांकन नेपाल, भारत र अस्ट्रेलियामा गरिनेछ । अमेरिकामा बस्दै आएका आर्यनले गत साल 'लाखे'मा अभिनय गरेका थिए । कलाकारको जम्बो टोली र खर्चिलो मेकिङ हुँदाहुँदै पनि फिल्म बक्स अफिसमा असफल मानिएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया