विदेशी लगानी भित्र्याउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । मंगलबार पार्टी निकट बौद्धिक पेशाकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानी कर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको जिकिर गरे । उनले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानहरूले समस्यामा पार्ने गरेको बताए ।
अध्यक्ष यादवले न्यायालय निष्पक्ष हुन नसकेको तर्क गरे । उनले ७३ प्रतिशतभन्दा बढी बजेट तलब, भत्ता, ऋण तिर्न र यात्रामा खर्चँदैमा सकिने भन्दै यस हिसाबले कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही नभएको बताए ।
अध्यक्ष यादवले नेपालको प्राकृतिक स्रोतको प्रयोग गर्नसके नेपाल समृद्ध मुलुक बन्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया