भारतको नयाँ संसद्मा नेपाली भूमिसहितको नक्साबारे कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको स्पष्टिकरण दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मिडियामा सोबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताए । उनले सो विषयमा भारतसँग अझ बढि अध्ययन र छलफल गर्ने आश्वासनसमेत दिए ।
‘पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो । मैले गम्भीर रुपमा नै उठाए । किनकी त्यो धेरै अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छभन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ' प्रधानमन्त्री प्रचण्डले भने 'यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो । अब योबारे अझ बढि अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकि नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’
प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद्मा राखिएको नक्सा सांस्कृतिक नक्सा भएको कुरा पनि भारतीय पक्षले राखेको बताए ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया