मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्छ– अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन् ।
करिब दुई साता लामो विदेश भ्रमणबाट आज स्वदेश फर्किएपछि अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्न चाहिरहेको बताउँदै त्यसका लागि उनीहरूको लगानी सुनिश्चित गर्न आवश्यक नीति निर्माण तथा वातावरण बनाउनुपर्नेमा जोड दिए ।
गैरआवासीय नेपालीले स्वदेशमा औद्योगिक विकास तथा पूर्वाधारका क्षेत्रमा गर्ने लगानीबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।
न्यूजिल्याण्ड र अष्ट्रेलियाको भ्रमण गरी फर्केका पूर्वप्रधानमन्त्री नेपालले गैरआवासीय नेपालीले त्यहाँ गरिरहेको प्रगतिका साथै स्वदेशमा लगानी गर्न चाहेको कुरा सुन्दा आफूलाई खुसी लागेको भन्दै विदेशका विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको बताए ।
सरकारको आगामी आर्थिक वर्षको बजेट वितरण सन्तुलित नभएको भन्दै उनले डेलधुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भएकाले त्यसबारे आफूले सरकारसँग जवाफ माग्ने बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको भन्दै अध्यक्ष नेपालले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारूढ दलका नेताहरूसँग बुझ्ने बताए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया