नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने हक राख्दछ : थापा

विराटनगर- भारतले आफ्नो संसद् भवनमा प्रयोग गरेको साँस्कृतिक नक्साका कारण नेपालमा विरोध भइरहेको बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसको चिन्तन गर्ने हक भएको बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा ओर्लिएपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले भारतले साँस्कृतिक नक्सा बनाउने हक राख्ने हो भने नेपालले पनि त्यो हक प्रयोग गर्न पाउने बताए ।
‘यदि कुनै देशले सांस्कृतिक नक्सा बनाएर साँस्कृतिक नक्सा मेरो यो हो भन्ने हक राख्दछ भने नेपालले पनि आफ्नो साँस्कृतिक नक्सा ग्रेटर नेपाल बनाउने र यसको चिन्तन राख्ने हक राख्दछ’ उनले भने, ‘नेपालको त्यो हकको प्रयोग गर्छ, मैले मेरो हक प्रयोग गर्दैगर्दा नेपालले यो हक प्रयोग गर्न पाउँदैन भनेर भारतले भन्छ भने नेपालले आफ्नो हक र परिकल्पना प्रयोगगर्दा भारतले पनि चिन्ता गर्दैन र यसरी नै त्यसलाई सहजतापूर्वक ग्रहण गर्छ भन्ने हामीले अपेक्षा राख्नुपर्छ ।’
उनले भारतले प्रयोग गरेको नक्सालाई साँस्कृतिक नक्साको कोणबाट बहस गर्दा नेपालको पनि साँस्कृतिक नक्सा हुन्छ भन्ने कुरामा स्पष्ट हुनुपर्ने चेतावनी दिए । उनले निकट विगतमै नेपाल निकै ठुलो भएको कुरा मानसपटलमा रहेको बताए ।
‘नेपाल पनि पहिले धेरै फैलिएको सीमाना भएको निकट विगतको इतिहाँस छ, नेपाल ठुलो भएको हाम्रो मानसपटलमा छ’ थापाले भने, ‘नेपालले समेत हाम्रो साँस्कृतिक नक्सा फरक छ र विशाल छ भन्ने कुराको प्रयोग गर्छ ।’
थापाले भुपरिबेष्ठित देश भएका कारण नेपालले बंगलादेशको बाटो पाउने कुरा स्वत अधिकारका रुपमा प्रयोग हुनुपर्ने जिकिर गरे । बंगलादेशको बाटो पाउने कुरामा मुलुकको अर्को भूभाग वा क्षेत्रमा मोलाहिजा गरिराख्नु नपर्ने बताए । भविष्यमा सीमा विवाद सुल्झाउँदै जाने क्रममा कहाँ पुगिन्छ भन्ने कुरामा अहिले नै नेपालले पोजिसन कमजोर बनाउनु पर्ने कारण नरहेको बताए । लिम्पियाधुरा लिपुलेक नेपालकै भएकोले त्यो भूमि भारतले फिर्ता गर्नुपर्ने थापाले बताए ।
थापाले कांग्रेसलाई ठिक ठाउँमा उभ्याउने कुरामा पार्टी सभापतिले गम्भीरताका साथ सोच्नुपर्ने सुझाव दिए । कार्यकर्ता तहमा आक्रोस बढ्दै गएको कुरालाई पार्टी नेतृत्वले समयमै सच्याएर अघि नबढे प्रकारान्तरमा पार्टीलाई नै अहित गर्ने चेतावनी पनि दिए । कांग्रेसभित्र नीति अधिवेशनको तयारी अघि बढिरहेको महामन्त्री थापाले जानकारी दिए ।
‘पार्टीभित्र ठुलो परिवर्तनको चाहना छ, त्यसलाई अभिव्यक्त गर्ने उपयुक्त थलो भनेको नीति अधिवेशन नै हो’ उनले भने, ‘पार्टीको नेतृत्वको केही निर्णयहरूका कारण अहिले पार्टीलाई अप्ठेरोको छ, त्यो निर्णयहरूमा नीति अधिवेशनले पुनर्विचार गर्नेछ, पार्टीलाई ठिक ठाउँमा उभ्याउने काम गर्नसक्छ ।’
ठुलो पार्टी भएर पनि कांग्रेसभित्र अलमल र निराशा देखिएको बताए । पार्टी नेतृत्वले हामी कहाँनिर चुक्यौं भन्ने कुराको ठुलो समिक्षा गर्नुपर्ने बताए । नीति अधिवेशनले यिनै बिषयमा निर्णय लिने भएको आफुपनि उत्साहित भएर तयारीमा लागेको बताए । अब पार्टी नेतृत्व बदलिनै पर्ने अवस्थामा आइपुगेको उनले बताए । तर केहिगर्दा पनि नेतृत्व नबलिए आफुहरू (महामन्त्री) ले तरिका नै बदल्ने चेतावनी पनि दिए ।
‘पार्टीमा निजी आवद्धताहरूलाई छोडेर पनि हामीलाई महत्वपूर्णलाई ठाउँमा पु¥याउनु भएको छ, जुन तरिकाले प्रयास भइरहेका छन् त्यसबाट निकास निस्किएको छैन, अव के निश्कर्षमा पुगेका छौं भने पार्टी बदलिएन भने हामीले पनि तरिका बदल्नुपर्छ’ उनले भने, ‘संख्याका आधारमा, बहुमत वा अल्पमतका आधारमा पार्टीको अहित हुने काम भएको छ तर बहुमत त्यसको पक्षमा उभिएको छ भने पार्टीको विधिको कुरा हो भनेर पार्टीको अहित हुने कुरालाई जान्दाजान्दै पनि अब स्वीकार गर्दैनौं ।’
केन्द्रीय समितिमा आफुहरू अल्पमतमा भएपनि पार्टीको तल्लो तहमा पुग्दा आफुहरूले बहुमत प्राप्त गर्ने दाबी गरे । थापाले भने– ‘केहि समयभित्रै पार्टी परिचालिन भएको देख्नुहुन्छ, महामन्त्रीहरूले कसरी पार्टी परिचालित गर्छ वा गर्नुपर्ने थियो भन्ने कुरा हाम्रो आम साथीहरूले देख्नु पाउनु हुन्छ, अब बेरियरहरूलाई भत्काउनु पर्छ र बहुमत अल्पमतको सीमाभित्र नरहेर तलसम्म जानुपर्छ, मैले सुरु गरेको यात्रा पनि त्यसकै तयारीका लागि हो ।’

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_NTJcVyo9fV_l8zgjmxze0fvay8t4noay2w8tit7bpsxaf3oczwjgvsdox8cixggl55s2kcd.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

प्रतिक्रिया