आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

भारतलाई मेयर बालेनको ‘काउन्टर’, आफ्नो कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले भारतलाई काउन्टरस्वरूप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् । 

महानगर स्रोतका अनुसार भारतले नेपाली भूमि समेटेर हालै जारी गरेको ‘अखण्ड भारत’ नामक नक्साको विरोधस्वरूप बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । 

स्रोतले इकागजलाई पठाएको फोटोमा ‘ग्रेटर नेपाल’को नक्सा राखेकाे देख्न सकिन्छ । ‘ग्रेटर नेपाल’ नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलसम्मको भूमि समावेश गरिएकाे छ । 

भारतको हालै नवउद्घाटित संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ । भारतको यस कदमको अहिले नेपालमा व्यापक विरोध भइरहेको छ ।