दूधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको थियो । सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन् ।
उनले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरू आवश्यक रहेको उल्लेख गरे । उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको ठूलो सम्भावना रहेको उल्लेख गरे ।
उनले भने, ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको छ । त्यसैले हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ । हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौं । त्यसैले नेपालमा जलविद्युतको ठूलो सम्भावना छ ।’

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया