रियल म्याड्रिड छाड्दै जिदान, बन्लान त युभेन्टसको प्रशिक्षक ?

काठमाडौँ: जिनेदिन जिदानले रियल म्याड्रिड छाड्ने भएका छन् । गत साता सेभियासँगको खेलपछि जिदानले आफ्ना खेलाडीरूलाई क्लब छाड्ने जानकारी दिएको बताइएको छ ।
जिदानले जारी सिजनको अन्त्यमा राजीनामा दिनेछन् । जुन रियलमा उनको दोस्रो राजीनामा हुनेछ । यसअघि जिदानले दुई वर्षको बसाइ टुङगाउँदै सन् २०१८ मेमा रियल छाडेका थिए । उनले फुटबलबाट करिब १० महिना लामो विश्राम लिए । यद्यपि उनी सन् २०१९ मार्चबाट पूरानै भूमिकामा फर्किएका थिए ।
रियलले आइतबार एथलेटिको बिल्बाओको सामना गर्दैछ । ला लिगाको अन्तिम खेलमा भने रियलको भेट भिल्लारियलसँग हुनेछ । जुन खेलसँगै जिदानले बिदा लिने गोल डटकमले लेखेको छ । पहिलो बसाइमा जिदानले रियललाई एक ला लिगा र तीन च्याम्पियन्स लिग जिताएका थिए । दोस्रो बसाइमा भने जिदानले रियललाई एक लिग उपाधि दिलाएका छन् ।
शारिरीक र मानसिक रूपमा थकित भएकाले आराम लिन चाहेको सन्देश जिदानले दिएका छन् । यद्यपि उनको भविष्यबारेमा अनुमान भइरहेको छ । उनी युभेन्टसको प्रशिक्षकमा नियुक्त हुनसक्ने सम्भावना रहेको बताइएको छ ।
आन्द्रेइ पिर्लाेको नेतृत्वमा सन्तोषजनक खेल देखाउन नसकिरहेको युभेन्टस नयाँ प्रशिक्षकको खोजीमा हुनेछ । त्यसकारण पनि जिदानको नजर युभेन्टसतर्फ रहेको छ । फेरि युभेन्टस जिदानको पूर्व क्लब पनि हो । त्यहाँ उनले पाँच वर्ष खेलेका थिए ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया