लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले अर्घाखाँचीको मालारानीमा बाख्राको सरकारी स्राेतकेन्द्र सञ्चालनमा ल्याउने भएको छ भने कपिलवस्तुको कृष्णनगरमा बागवानीको सरकारी स्राेतकेन्द्र सञ्चालनमा ल्याउने भएको छ । यस्तै प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार बिउ/विरुवा तथा नस्लका प्राथमिक स्राेतका लागि उक्त सरकारी स्राेतकेन्द्र सञ्चालनमा ल्याइने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले भने, 'कृषि र कृषकलाई प्रवर्द्धन गर्न प्रतिफलमा आधारित प्रोत्साहन अनुदानलाई निरन्तरता दिइने छ । कृषि पेसालाई मर्यादित र सम्मानित बनाउन कृषि तथा पशुपति क्षेत्रमा उत्पादन तथा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने कृषकलाई सम्मान गरिने छ ।'
कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारले बालि वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास गर्ने भएको छ । यस अन्तर्गत अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा सुन्तला जातका फलफूल र तरकारी उत्पादनलाई प्रवर्द्धन गरिने भएको छ ।
यस्तै पशुपन्क्षीतर्फ अर्घाखाँचीमा गाई र बाख्रा पालन व्यवसायलाई पकेट क्षेत्र बनाएर प्रवर्द्धन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया