बजेटले मुलुकको आर्थिक संकटकाे सामना गर्न सक्दैन : राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार काठमाडौँमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बजेटले जनताको आशा जगाउन नसकेको र आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको हो ।
लक्ष्य अनुसारको राजस्व र अनुदान उठ्न नसक्ने र प्राप्त राजस्व र अनुदान समेत खर्च हुन नसक्ने बजेटले भविष्यमा नकारात्मक असर गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले नागरिकता विधेयकलाई पनि संसदमा नल्याइ सिधैं प्रमाणीकरण गर्ने प्रक्रिया गलत भएको निष्कर्ष रहेको जानकारी दिए ।
बैठकले निष्क्रिय र प्रभावहीन रहेका र अत्यन्तै विवादास्पद रहेका जिल्ला कार्यसमितिलाई विधान बमोजिम खारेज गर्ने निर्णय गरेको छ भने केन्द्रीय नेताहरूलाई तत्कालै भुगोल केन्द्रित जिम्मेवारीमा पठाउने निर्णय अनुसार कार्यविभाजन गर्ने काम ७ दिनभित्र गर्ने निर्णय गरिएको लिङ्देनले बताए ।
बैठकले राप्रपाका मुद्दा स्थापित गर्नका लागि र जनजीविकाका विषयमा सरकारको ध्यानाकर्षित गर्नका लागि शान्तिपूर्ण नागरिक आन्दोलन अघि बढाउने र कार्ययोजना बनाउन गठित कार्यदलको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया