हेटाैँडामा चार कोभिड सङ्क्रमितको मृत्यु

हेटाैँडा : हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजना काेभिड संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए । उनका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा शनिबार दुई र आज बिहान दुई गरी चारजनाको कोभिड उपचार कक्षमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबै हेटौँडा उपमहानगरपालिका निवासी रहेका छन् । मृत्यु हुनेमा वडा नं १४ की ७४ र ४८ वर्षीया महिला, वडा नं ८ की ६१ वर्षीया महिला र वडा नं २ चौकीटोलका ६४ वर्षीय पुरुष रहेको काफ्लेले जानकारी दिए । मृतक सबैमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएका थिए । रासस

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया