प्रधानमन्त्री दाहाल विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको एमाले सचेतक बर्तौलाको आरोप

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री दाहाल देशको हित नभइ विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उनको जिकिर थियो । शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको दोहोर्याए ।
उनले भने, ‘आज प्रधानमन्त्रीको ध्यान पनि जनताको विषयमा होइन, देशको विषयमा होइन । देशको हितमा होइन । विदेशी प्रभुहरू रिझाउने, सत्ता टिकाउने । अनि, व्यक्ति-व्यक्तिका पछि-पछि लागेर हिँड्ने तर देशको पक्षमा काम नगर्ने प्रवृत्ति सरकारमा छ । उद्योग क्षेत्रको प्रवर्द्धन गर्न सरकार लाग्नु पर्छ नै ।’
सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवर्द्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया