विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन : विनोद चौधरी
नवलपरासी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् ।
उनले विकासलाई राजनीतिक रंग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रष्ट पारे । शुक्रबार नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरुलाई समान नजरले हेर्ने गरेको प्रष्ट्याए ।
‘मेरो आँखाका अगाडि विकासको कुरा गर्दा सबै समान छन् । यो दल, त्यो दल भन्दैन,’ उनले भने, ‘विकासका योजनालाई गुण र दोषका आधारमा मात्रै देख्छौं । त्यसका बारेमा हामी लागिरहेका छौं र लागिरहनेछौं ।’ नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले आफूले क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरिरहेको बताए ।
‘केहि दिन अघि लुम्बिनी प्रदेशको राजधानी दाङ पुगे । यो क्षेत्रका विकासका योजनाहरु मुख्यमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा बुझाए । उहाँहरुले पनि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘संघीय बजेटमा केकस्ता कार्यक्रम पार्न सकिन्छ, दातृ निकायबाट कसरी सहयोग लिन सकिन्छ ? विनियोजित परियोजनामा लगानीको कमी नहोस् भनेर स्थानीय तहसहित सबै तहका सरकारसँग काम गरिरहेका छौं । म आफ्नो जिम्मेवारीबाट पन्छिएको छैन ।’ उनले चुनावी प्रतिवद्धता अनुसार काम गर्न इमान्दारितापूर्वक सक्रिय रहेको उल्लेख गरे ।
नवलपरासी १ का सबै पालिकाको समान विकासमा आफ्नो जोड रहेको उनको भनाई थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया