एएफसी यू-२० महिला एसियन कप: नेपालले आज चाईनिज ताइपेइको सामना गर्दै

काठमाडौँ- एएफसी यू-२० महिला एसियन कपअन्तर्गतको दोस्रो चरणको छनोटमा नेपालले आज तेस्रो तथा अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइको सामना गर्नेछ ।
समूह ‘बी’ मा रहेका नेपाल र चाइनिज ताइपेइबीचको खेल म्यानमारको याङगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ ।
यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो जित हात पार्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० को पराजय भोगेको थियो ।
यता ताइपेइले भने अघिल्लो दुईमध्ये एक खेलमा हार र एक खेलमा बराबरी खेलेको थियो ।
दुई खेलमा जित हात पारेको चीन ६ अंक जोडेर शीर्ष तथा एक खेलमा जित हात पार्दा एक खेलमा अंक बाँडेको म्यानमार ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया