मियामी जानुअघि मैत्रीपूर्ण खेलका लागि चीन पुगे मेस्सी

काठमाडौँ- मेजर लिग सकर टिम इन्टर मियामीबाट खेल्न अमेरिका जानुअघि अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी मैत्रीपूर्ण फुटबल खेल्न चीन पुगेका छन् ।
चीनको बेइजिङमा आगामी बिहीबार हुने अर्जेन्टिना र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण खेलका लागि मेस्सी चीन पुगेको आयोजकले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर अमेरिकी क्लब मियामीबाट खेल्ने निर्णय गरेका मेस्सी सन् २०१७ पछि पहिलो पटक चीन पुगेका हुन् । समग्रमा उनको यो सातौ चीन भ्रमण हो ।
गत वर्ष मेस्सीको कप्तानीमा कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि जित्दा अर्जेन्टिनाले अस्ट्रेलियालाई प्रि-क्वार्टरफाइनलमा २-१ गोलअन्तरले पराजित गरेको थियो । अर्जेन्टिनाको जितमा मेस्सीले एक गोल गरेका थिए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया