निषेधाज्ञामा मार्ट खुला, दुई सञ्चालक पक्राउ

धनगढी : प्रहरीले कञ्चनपुरमा रहेको बीबी मार्टका दुई सञ्चालकलाई पक्राउ गरेको छ । निषेधाज्ञामा स्वास्थ्य सुरक्षाको मापदण्डको उल्लंघन गर्दै मार्टले व्यवसाय सञ्चालन गरेको पाइएपछि सञ्चालक दीपेन्द्र ऐर र बिपीन बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मार्टमा स्वास्थ्य सुरक्षाको कुनै पनि मापदण्ड पालना नगरिएको र भीडभाड गरी व्यवसाय सञ्चालन गरेको पाइएपछि सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा उल्लंघन गरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_zh0OOui1NS_pwnse9doqzufh4zdjjhrslgyvohcg9ii3bpivkb5sgvgpyteiq8qlb28e8bw.jpg)
प्रतिक्रिया