कोभिड-१९विरुद्ध प्रदेश सरकारको तीव्रता

जनकपुरधाम : कोभिड-१९ रोकथाम तथा नियन्त्रणविरुद्ध प्रदेश २ सरकारले तयारी तीव्र पारेका छन् । जनकपुरधाममा २० बेड आइसीयूसहितका १०० बेडको कोभिड विशेष अस्पताल र आक्सिजन ग्यासका लागि प्रदेशका ८ जिल्ला अस्पतालमा ग्यास रिफिलिङ्ग प्लान्ट निर्माणको तयारी प्रक्रिया अघि बढाइएको छ ।
औषधि, उपचार सामाग्री र पीपिई लगायतका स्वास्थ्य सुरक्षा सामाग्री खरीद प्रक्रियासमेत अघि बढाएको छ भने जिल्ला अस्पतालमा आइसीयू बेड थप्न र आक्सीजन ग्यास उद्योगहरुलाई उत्पादन क्षमता बढाउन प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलेसहितको टोलीले निर्माणाधीन र उत्पादन गरिरहेका ग्यास उद्योग, निर्माणाधीन कोभिड विशेष अस्पताल र कोभिड उपचार भइरहेको अस्पतालको स्थलगत निरिक्षण गरेका छन् ।
मुख्यमन्त्री राउतले हाल चार सय सिलिण्डर ग्यास उत्पादन गर्दै आएका मिथिला नगपालिकास्थित ढल्केवर ग्यास उद्योगमा निरीक्षण गर्दै उत्पादन संख्या बढाउन निर्देशन दिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए । त्यस्तै जनकपुरधामको लादो बेलामा निर्माणाधीन ग्यास उद्योग र मणिपालमा निर्माण भइरहेको कोभिड विशेष अस्पतालको निरिक्षण गर्दै तत्काल संचालनमा ल्याउन निर्देशन दिएको उनले बताए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया