आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी

काठमाडौं –आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३ औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ ।
निरन्तर सहयात्रा विश्वासको भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट शुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो । डिजिटल रेमिटेन्सको प्रjद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरीमा “सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य“, “रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं“ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढि कर्मचारीहरुको सभागिता रहेको थियो। प्रभातफेरीमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दिपकराज गिरी र दिपाश्री निरौला पनि सहभागी भए ।
सो अवसरमा अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्र\याउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्नुहुने सम्प"र्ण सेवाग्राहीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गरे ।
हरेक वर्ष जेठ २९ गते आइएमईले आफ्नो स्थापना दिवसको अवसरमा सचेतना मुलक प्रभातफेरी आयोजना गर्दै आएको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया