लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाका ३० वर्षीय अर्जुन देवकोटा, बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका वडा जम्वर ११ बस्ने २४ वर्षीय फेरोज खान र २३ वर्षीया शारदा सिंह ठकुरी पक्राउ परेका छन् ।
प्रहरीले देवकोटा र खानलाई सुर्खेतकै एक होटलबाट पक्राउ गरेको हो । उनीहरुबाट ८ गा्रम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यी दुवै युवकले दिएको सूचनाको आधारमा शारदालाई नेपालगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
उनीबाट प्रहरीले ११ ग्राम आठ सय २० मिलिग्राम लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी लक्ष्मणबहादुर शाहीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको शाहीले बताए।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया