आइपीएल र पीएसल दुवै युएईमा !

काठमाडौँ : पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई) मा हुने भएको छ । पाकिस्तान अखबार दी नेशनका अनुसार गत मार्चमा रोकिएको पीएसएलका खेलहरू अब आबुधाबीमा हुने भएको हो । पाकिस्तानमा कोभिड-१९ को संक्रमणमा पर्नेको संख्यामा व्यापक वृद्धी भएपछि पीएसएल स्थगित भएको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएल जुन २० भित्र सक्ने लक्ष्य लिएको बताइएको छ । जुलाईको पहिलो साता पाकिस्तान क्रिकेट टिम इंगल्यान्ड भ्रमणमा जाने भएकाले पनि पीएसबीले टी-ट्वान्टी लिग समयमै सक्ने लक्ष्य बनाएको हो । हाल पाकिस्तानी क्रिकेट टिम विश्राममा छ । दक्षिण अफ्रिका र जिम्बावेको भ्रमणपछि पाकिस्तानी टिमले ब्रेक लिएको हो ।
आबुधाबीमा पीएसएल गर्नेबारेमा पीसीबी र युएई क्रिकेट बोर्डबीच कुराकानी भइसकेको भएपनि औपचारिकरुमा अनुमति आउन बाँकी छ । पीसीबीले चाँडै पाउने अपेक्षा गरिएको छ । १४ खेल भएपछि पीएसएल स्थगित भएको थियो । पीएसएल स्थगित हुनुअघि कराँची किंग्स छ अंकका साथ शीर्षस्थानमा थियो ।
कोभिड-१९ कै कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल पनि युएईमै हुने सम्भावना छ । पपीएसएल युएईको एक शहरमा हुने भएपनि आईपीएलका खेल तीन शहरमा हुने बताइएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया