बजाजको फाइनान्स जात्रा सुरु

काठमाडौँ- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले फाइनान्स जात्राको सुरुवात गरेको छ ।
शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट बजाजका मोटरसाइकलहरू खरिद गर्न चाहने उपभोक्तालाई अझै सजिलो भएको उसको दाबी छ ।
उपत्यकामा जात्रालाई विशेष महत्व दिएर मनाइने झैं बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रूपमा मनाएर ग्राहक वर्गहरू माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको जनाएको छ ।
उक्त फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटरसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजदरको लाभ लिन सकिने कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा छ ।
उक्त जात्रा काठमाडौँ उपत्यकाभरिका १८ बजाज शोरुमहरूमा जेठ २८ देखि ३२ गतेसम्म ५ दिनका लागि लागू हुनेछ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया