प्रदेश-२ का थप ३० जना कोभिड-१९ संक्रमितको मृत्यु

जनकपुरधाम : कोभिड-१९ संक्रमणबाट प्रदेश-२ को विभिन्न जिल्लामा गरी ३० जनाको मृत्यु भएको छ । आइतबार बिहान १२ बजेसम्म धनुषा जिल्लामा मात्रै १० जना संक्रमितको मृत्यु भएको छ भने पर्सामा ७, बारामा ७, महोत्तरीमा ३, रौतहट तथा सर्लाहीमा एक/एक जना र एक भारतीय नागरिकसहित ३० जनाको मृत्यु भएको हो ।
पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा १०, वीरगंज हेल्थकेयरमा २, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १/१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । धनुषाको मृतकमध्ये वीर अस्पतालमा मृत्यु भएको जनकपुरधाम उपमहानगरपालिका १९ का ४० वर्षीय बैजनाथ यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश-२ का अध्यक्ष पनि हुन् ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया