बजेट उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेमा केन्द्रित छ : अर्थमन्त्री महत

काठमाडौँ–अर्थमन्त्री प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेमा केन्द्रित रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारले ल्याएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘देशभित्र उत्पादन कसरी बढाउने ? रोजगारी कसरी सिर्जना गर्ने ? बाहिर जाने युवाहरूको व्यग्रता छ, त्यसलाई यहीँ भित्र उपयोग कसरी गर्ने ? यहीँ अवसरहरू छन्,’ उनले भने, ‘यहीँ रोजगारी सिर्जना हुन सक्दछ । यही आम्दानी हुन सक्छ भन्ने तर्फ बजेटले गम्भीरताका साथ हेरेको छ ।’
अर्थमन्त्री महतले अहिले युवाहरूलाई आइटी क्षेत्रमा लगाउन सकिने भएकाले सरकार त्यता केन्द्रित भएको बताए । देशभित्रै रोजगारी सिर्जना गर्न विशेष योजना ल्याउन पनि बजेट केन्द्रित रहेको उनको भनाइ छ । देशभर रहेका बाँझो जमिनलाई पनि उत्पादनमुखी बनाउने बजेट भएको उनले जानकारी दिए ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया