सामुदायिक विद्यालय कर्मचारीहरूको रिले अनसन

काठमाडौँ- विभिन्न माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालय कर्मचारीहरूले रिले अनसन सुरु गरेका छन् । विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिले सोमबारबाट काठमाडौँको भद्रकालीमा रिले अनसन सुरु गरेका हुन् ।
विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरे पनि सरकारले शिक्षक लगाएत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । उनीहरूले आफुहरूको मागका बारेमा सरकारले उचित सम्बोधन नगरे आन्दोलन नरोकिने धारणा राखे ।
उनीहरूले असार १ गतेसम्म रिले अनसनमा बस्ने र माग पुरा नभए असार २ गतेदेखि सम्पूर्ण सामूदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया