दाङबाट कांग्रेस रुपान्तरण अभियानको देउवालाई चेतावनी- नेतृत्व नसच्चिए गम्भिर क्षति

बुटवल- पार्टी रुपान्तरणको अभियान सञ्चालन गरेका नेपाली कांग्रेस नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् । पार्टी सभापती शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै उनीहरूले समयमै नेतृत्व नसच्चिए पार्टीलाई गम्भिर क्षति पुग्ने चेतावनी दिए ।
दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागी थियो । कार्यक्रममा रुपान्तरण अभियानका नेताहरूले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेको कार्यक्रममा सहभागि कांग्रेस युवा नेता विष्णु पोखरेलले जानकारी दिए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे ।
कांग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नेपाली कांग्रेस पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गई चल्न थालेको बताए । उनले त्यो परिस्थितिलाई सच्याई नयाँ रुपान्तरणको बाटो खोज्न आफूहरूले अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।
कार्यक्रममा युवा नेता रन्जित कर्णले बीपीले जन्माएको नेपाली कांग्रेसमा विचौलियाहरू हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए । नेतृत्वकर्मीहरू पार्टी र कार्यकर्ताहरूको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता भएको कार्यक्रममा बिजुला बर्मा राना, लक्ष्मी पाण्डे लगायतले रुपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए । कार्यक्रममा प्रदेशका १२ वटै जिल्लावाट अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया