सांसद विकास कोषको बचाउ गर्दै अर्थमन्त्रीले भने : बजेट सांसदको खल्तीमा जाने होइन

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले दुई वर्षपछि ब्यूँतिएको सांसद विकास कोषको बचाउ गरेका छन् । सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यो कार्यक्रम अन्तर्गतको बजेट सांसदको खल्तीमा नजाने बताए ।
महतले बजेटमाथि जसरी हुन्छ खोट देखाउन नेकपा एमालेलगायत प्रतिपक्षीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको गुनासो गरे । बजेटमाथि आलोचना गर्नु विपक्षीहरूको कर्तव्य नै भएको उनले कटाक्ष गरे ।
सांसदहरूको सिफारिसमा विभिन्न पाँच वटा योजनामा रकम खर्च गर्ने र त्यसको ठेक्का सम्बन्धित मन्त्रालयहरूले गर्ने बताउँदै उनले भने, ‘यो रकम माननीयहरूको खल्तीमा जाने होइन । माननीयज्यूहरूले सिफारिस पनि गर्न नहुने जायज छैन । जनताको अपेक्षा धेरै छ, सांसदहरूलाई नीति निर्माताका रूपमा मात्र जनताले बुझेका छैनन्, सुखदुःखमा सम्बोधन गरिदिओस् । त्यसकारण सिफारिस जायज छ ।’
महतले संसदमा बजेटको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटमाथिको छलफल हिजो (आइतबार) सकिएको छ ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया