प्रस्तावित प्रधानन्यायाधीश कार्कीको असार १ गते अन्तिम संसदीय सुनुवाइ हुने

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको असार १ गते अन्तिम सुनुवाइ गर्ने भएको छ ।
सोमबार बसेको समितिको बैठकमा आउँदो १ असारमा अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरिएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा बसेको सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरीका विषयमा छलफल भएको छ ।
गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि समितिले १६ जेठमा कार्कीविरुद्ध १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।
उक्त समयावधिमा कार्कीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरी सोमबारको बैठकमा खोलिएको छ ।
योसँगै अब समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग र बिहीबार कार्कीलाई बोलाएर छलफल गर्ने भएको छ । उक्त कार्यतालिका सोमबारको बैठकमा प्रस्तुत गरिएको छ ।
प्रधानन्यायाधीशमा प्रस्तावित कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

प्रतिक्रिया