'निर्वाचन कार्यालय खारेज भएको होइन, खर्च कटौती गर्न सिडिओ कार्यालय परिसरमा सार्ने मात्रै भनिएको हो'

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नभएको भनि प्रष्टोक्ति दिएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘निर्वाचन कार्यालयको कुरा आएको छ,’ उनले भने, ‘यो कार्यालय खारेज भएको होइन । त्यो छुट्टै जुन कार्यालय थियो । त्यसको सट्टामा सिडिओ कार्यालयको भवन भित्रै त्यसको निर्वाचन कार्यालयको इकाइ राख्ने निर्णय गरिएको हो । त्यसले खर्चमा केही कमी हुन्छ भनेर गरिएको हो ।’
यस्तै स-साना कार्यालयको खर्च जोडेर नै धेरै खर्च कटौती हुने सरकारको आशय भएको समेत उनले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्वमा कुनै असर नपर्ने गरी यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया