सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

गाँजा फुकुवाबारे अर्थमन्त्रीको प्रष्टीकरण : विदेशीले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको हो

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा फुकुवाबारे प्रष्टीकरण दिएका छन् । सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताए । 

‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरूकै कारण कानुन रोक्ने कानुन बनायौँ । अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेका छन्,’ उनले भने, ‘यो ठूलो व्यापार भएको छ, उनीहरूले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि ?’

उनले अगाडि भने, ‘गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौँ भनेका हौँ, भोलिदेखि नै लागू गरौँ भनेका हैनौँ ।’

महतले संसदमा बजेटको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटमाथिको छलफल हिजो (आइतबार) सकिएको छ ।