अर्थमन्त्रीलाई रघुजीको प्रश्न : तपाईँले बजेट भाषण गर्नु भन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ?

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थमन्त्रीलाई बजेट भाषण गर्नु भन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ? भनि प्रश्न गरेका छन् । सोमबार अर्थमन्त्रीले प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि स्पष्टीकरण सोध्दै पन्तले प्रश्न गरेका हुन् ।
‘अर्थमन्त्री ज्यूले बजेट पेस गर्नु भन्दा अगाडि प्याजको भाउ ५० रुपयाँ थियो,’ उनले भने, ‘हिजो ८५ रुपैयाँ थियो । आज १०० रुपैयाँ नाघेको छ । कतिपय ठाउँमा पाइँदैन । आलुको भाउमा पनि २० देखि २५ प्रतिशत वृद्धि भएको छ । तर, नेपाली किसानको गोलभेडा र तरकारीहरू अहिले पनि बारीमा खेर फाल्ने काम भएको छ । त्यसैले मेरो प्रश्न उहाँले बजेट प्रस्तुत गर्नु भन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ?’

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया