उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित 'मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो' विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताएका हुन् । उनले नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा ७० वर्षे उमेर हद हटाइएको बताए ।
उनले नेकपा एमाले पुराना पार्टीहरूमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताए ।
महासचिव पोखरेलले विकास र समृद्धिका लागि नेकपा एमाले देशका लागि अपरिहार्य हो भन्ने कुरा प्रमाणित भएको बताए । उनले भारतले नयाँ संसद् भवनमा राखेको नेपाली भूमि समेटिएको नक्साबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्ने विडम्बना देखिएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया