स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप भिङ्रीमा दुर्घटना

बुटवल- प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना हुँदा केही यात्रु घाइते भएका छन् । जिपमा चालकसहित ८ जना सवार थिए । उनीहरू गम्भीर घाइते रहेकाे र मानवीय क्षतिसमेत भएकाे हुनसक्ने प्रहरीकाे आशंका छ ।
लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्थानीयका अनुसार घटनामा परेकाे गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । प्रहरीले मृत्युको पुष्टि नगरे पनि सबैलाई अस्पताल पठाउन थालेको र अवस्था छुट्याउन नसक्ने रहेको जनाएको छ ।
दाङको लमही-५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । आठ जनाकै अवस्था गम्भीर रहेकाे छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया