एमजि जेडएस इभिका लागि बुकिङ खुल्ला

काठमाडौँ– एमजि भेहिकलका लागि नेपालकाे एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि(डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भएता पनि एमजिको यस मोडलको गाडीको मूल्य ५२.९९ लाख रुपैयाँ तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मूल्य ५२.४९ लाख रुपैयाँ रहेको थियो ।
कोभिड पश्चात् विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो बिक्रीका कारण एमजिले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाउन सफल भएको हो ।
त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि जेडएस इभि(डिलक्स) मोडलको गाडीको मूल्यमा खास फरक परेको छैन । प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२.४९ लाख रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया