आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

प्यूठान कार दुर्घटना : गम्भीर घाइते भएका आठै जनाको मृत्यु

काठमाडौँ– प्यूठानको भिंग्रीमा भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएका आठै जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी निरीक्षक सुशील थापा मगरले घाइते आठै जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रहरी निरीक्षक मगरका अनुसार स्वर्गद्वारी मन्दिर दर्शन गरेर तीर्थालु सवार लु १ च ६३४५ नम्बरको उक्त कार प्यूठानको भिंग्री भन्ने ठाउँमा आइतबार अपराह्न साढे ३ बजे दुर्घटनामा परेको थियो । कारमा सवार सबै जना दाङको लमहीका रहेको पनि उनले बताए । 

मृतक आठ जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ । उनी लमही नगरपालिका– ५ का तारा कुमाल हुन् । 

मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरुष छन् ।

याे पनि,

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप भिङ्रीमा दुर्घटना