निर्वाचन निर्देशिकालाई लिएर इप्पानमा टेबल ठोकाठोक

काठमाडौँ- आगामी जेठ ३२ गतेका लागि तय भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को निर्वाचन निर्देशिकाको विषयलाई लिएर अध्यक्ष उम्मेदवारका प्रत्यासी किरण मल्ल र संस्थापन पक्षबीच आज (साेमबार) टेबल ठोकाठोक भएको छ ।
चुनावका लागि उम्मेदवारी दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्नेजस्ता प्रक्रिया सुरु हुन लागिसक्दा पनि निर्वाचन निर्देशिका नदेखाएको भन्दै अध्यक्षका प्रत्यासी मल्लले इप्पान कार्यालयमा गएर टेबुल ठोकेको बताए ।
उक्त निर्देशका इप्पानको विधानविपरीत भएकाले त्यसलाई सच्याउनुपर्ने माग गर्दै आएका मल्ललाई संस्थापन पक्षले उपलब्ध नगराएपछि कार्यालयमा एकछिन तनाव भएको थियो ।
निर्देशिकामा अध्यक्षको उम्मेदवारको योग्यता वरिष्ठ उपाध्यक्षकै सरह हुनुपर्ने राखिएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ । वरिष्ठ उपाध्यक्ष हुन पदाधिकारी भई एक कार्यकाल सम्पन्न गरेको हुनुपर्ने गरी विधान संशोधन भएको थियो । यसैगरी पदाधिकारी हुन कार्य समितिको सदस्य भई कम्तीमा एक कार्यकाल सम्पन्न गरेको हुनुपर्ने विधान छ ।
वरिष्ठ अध्यक्ष अर्काे चुनावमा स्वतः अध्यक्ष हुने गरी संशोधित विधान अर्काे कार्यकाल (२०८३ साल) मा लागू हुने भन्दै विवाद हुँदै आएको हो । वर्तमान अध्यक्ष कृष्ण आचार्यले सकेसम्म आफूले सहमति गराउने र निर्वाचन नै गर्ने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने बताएका थिए ।
मल्लसहित हालका उपाध्यक्ष गणेश कार्कीले पनि आज इप्पानको अध्यक्षका लागि आफ्नो समूहसहितका टिमको उम्मेदवारी घोषणा गरेका छन् । कार्यालयमा गएर चर्काचर्की गरेपछि संस्थापन पक्षले पदाधिकारीसमेतको हस्ताक्षर भएको उक्त निर्वाचन निर्देशिका उपलब्ध गराएको मल्लले बताए ।
‘विधानविपरीत काम भएका छन्, त्यसको कानुनी उपचार खोज्न म कुनै कसर बाँकी राख्ने छैन,’ उनले सोमबार साँझ इकागजसँग भने । आजको घटनापछि सहमतिको प्रयास बिथोलिएको छ भने आगामी जेठ ३२ गते चुनाव हुनेमा संशय उत्पन्न भएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया